• १३ साउन २०८१, आइतबार

अमेरिकाको एकल र रुसको पपेट नाटक मञ्चन

blog

काठमाडौँ, मङ्सिर १२ गते । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)को तेस्रो दिन अमेरिका/भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्री : वन मोदर’, रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भएका छन् । क्याटी बेक निर्देशित अङ्ग्रेजी भाषाको ‘थ्री कन्ट्री : वन मोदर’ लाई निमाबल, क्याटिबेक, बेन्जामिन रेक्सरोडले लेख्नुभएको हो । सन् १९९० देखि २००० को समयमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात् शरणार्थीका रूपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसको इतिहास दर्शाउने सत्य घटनामा आधारित कथा प्रस्तुत भएको थियो । 

कोन्द्रातोएभा क्रिस्टिनाद्वारा लिखित तथा सुखोरुको भातातियाना निर्देशित रुसी पपेट नाटक ‘द म्याजिक स्वान–गिज’मा अभिभावकहरू आफ्ना नानीबाबुका साथ नाटक हेर्न नाटकघरसम्म आइपुग्नुभएको थियो । नाटकले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई उन्दै दिदीभाइको कथालाई लोक शैलीमा प्रस्तुत गरेको छ । 

यस्तै महोत्सवमा  नेपालका तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि मञ्चन भएको छ । नाटकमा अंशु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहेको थियो  ।