• १२ असोज २०८१, शनिबार

फेरि निर्वाचन हुनसक्ने अवस्था रहेको अध्यक्ष ओलीको आशङ्का

blog

निर्वाचित भएपछि दमकको एक मन्दिरमा प्रार्थना गर्नुहुँदै अध्यक्ष ओली ।

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ११ गते । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निर्माण गर्नेबारे जिम्मेवारपूर्वक र सोचविचार गरेर निर्णय गर्ने बताउनुभएको छ । आफूहरु सरकार बनाउनेभन्दा पनि अस्थिरतालाई न्यूनीकरण गर्नेतर्फ केन्द्रित हुने उहाँले बताउनुभयो ।

झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ओली तीनदिनदेखि गृह जिल्ला झापामा विजय उत्सव तथा ¥यालीमा सहभागी रहँदै आउनुभएको छ । उहाँले लेनदेन तथा सट्टेबाजीमा लागेर सरकार बनाउने खेलमा नलाग्ने बताउनुुभयो । 

कसै न कसैले संयुक्त सरकार बनाउनैपर्ने भए पनि आफूहरु धेरै उत्साहित भएर नलाग्ने ओलीको भनाइ थियो ।  सरकार बनाउनका लागि कसैसँग आफूले छलफल र प्रयास नगरेको जानकारी दिनुभयो । 


देशलाई असफल बनाउने प्रयास र खेलहरु भइरहेको भन्दै उहाँलले त्यसलाई निस्तेज पार्ने विषयमा केन्द्रित हुने पनि जनाउनुभयो । 

राष्ट्रिय राजनीति भाँडिएकोे भन्दै ओलीले मुलुकमा अस्थिरता नआओस् भनेर आफूहरु सचेत रहेको उहाँले बताउनुभयो । 

तत्काल पुनः निर्वाचन नहोस्, सरकार नै बन्न नसकेर फेरि निर्वाचन हुनसक्ने अवस्था रहेको पनि ओलीले आशङ्का गर्नुभयो । त्यस्तो स्थिति नआओस् भनेर एमालेले कोशिस गर्नेछ, ओलीले भन्नुभयो ।

सरकार बन्यो भने पनि अस्थिरता र सङ्कीर्ण स्वार्थका खेलमा देश नरुमलियोस् भन्नेमा पनि एमालेको ध्यान छ, ओलीको भनाइ छ । 

जनताको भ्रम र अन्योलका कारण अहिलेको निर्वाचनको परिणाम अनपेक्षित आएको उहाँले बताउनुभयो ।