• १२ असोज २०८१, शनिबार

ट्रयाक्टर दुर्घटनामा एक ज्येष्ठ नागरिककोे मृत्यु

blog

फाइल फाेटाे

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ११ गते । झापाको बिर्तामोडमा शनिबार बेलुका धान बोकेको ट्रयाक्टर पल्टिँदा एक वृद्धको मृत्यु भएको छ । बिर्तामोड ९ कञ्चन टोलमा बेलुका करिब ७ बजेतिर थ्रेसर गरेको धान बोकेको प्र १–०१–००१ त ८४८९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिँदा ट्रयाक्टरमा रहनुभएका ७२ वर्षीय बुद्धराज श्रेष्ठको मृत्यु भएको हो ।

धानमा थ्रेसर लगाएर बिक्रीका लागि ट्रयाक्टरमा लैजाने क्रममा ट्याक्टरमा सवार किसान श्रेष्ठको दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ट्रयाक्टरको ट्रलीमा राखिएको धानमाथि श्रेष्ठ रहनुभएको थियो ।

ट्रयाक्टर चालक ज्ञानबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।