• १३ असोज २०८१, आइतबार

दैलेख १ बाट समाजवादीका थापा विजयी

blog

विशाल सुनार

दुल्लु , मङ्सिर ११ गते ।  दैलेख निर्वाचन क्षेत्र न १ बाट प्रतिनिधि सभाका लागि सत्तारुढ गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अमरबहादुर थापा १८ हजार २९७ मतसहित  विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी  नेकपा एमालेका उम्मेदवार रवीन्द्रराज शर्मा १७ हजार ४४७ मतमै सीमित हुनुभयो । 

थापाले ८२५ मतको फराकिलो अन्तरले जित हासिल गर्नुभएको हो । त्यस्तै दुई मुख्य प्रतिस्पर्धीलाई पछ्याउँदै  राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार  कुन्तीकुमारी शाहीले ४ हजार ६१२ मत प्राप्त गर्नुभयो । 

दैलेख १ (ख)मा काँग्रेसका बिसी विजयी

दैलेख क्षेत्र नं. १ प्रदेश (ख) बाट सत्तारुढ गठबन्धन दल नेपाली काँग्रेसका कृष्णकुमार बिसी  १० हजार ५४५ मतसहित विजयी हुनुभएको छ । भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रेमबहादुर थापा  ९ हजार ४७१ मतमै सीमित हुनुभयो । बिसीले थापालाई एक हजार ७६ मतको फराकिलो मतान्तरले जित हासिल गर्नुभएको हो । 

लेख २ (ख) मा एमालेका शाह विजयी 

दैलेख जिल्ला निर्वाचन क्षेत्र न २ प्रदेश (ख) नेकपा एमालेका विनोदकुमार शाह विजयी हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धन दल नेकपा माओवादी केन्द्रका योगेन्द्र बहादुर शाहीलाई पराजित गर्नुभएको हो ।

शाहले ९ हजार ४६४ मत प्राप्त गरी विजयी हुनुभएको हो भने, निकटतम प्रतिद्वन्द्वी माओवादीका योगेन्द्रबहादुर शाहीले ९ हजार ३८९ मत प्राप्त गर्नुभयो ।