• १३ असोज २०८१, आइतबार

कपिलवस्तु–२ कांग्रेसका आचार्य विजयी

blog

जानु पाण्डे

कपिलवस्तु, मङ्सिर १० गते । कपिलवस्तु–२ मा कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य ३१७ मतान्तरले विजयी हुनु भएको छ । उहाँले एमालेका बृजेश कुमार गुप्तालाई पराजित गर्दै विजयी हुनुभएको हो ।

कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री समेत रहनुभएका आचार्यले ३९ हजार १४ मत प्राप्त गर्नुभयो ।  गुप्ताले ३८ हजार ६९७ मत पाउनुभएको थियो । अपराजित भई पाँच पटक निर्वाचन गुप्ता पहिलो पटक पराजित हुनुभएको छ ।