• १३ असोज २०८१, आइतबार

समानुपातिक मतगणनामा पनि (माओवादी केन्द्र) तेस्रो स्थानमा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर १० गते । निर्वाचन आयोगले शनिबार एक बजेसम्म समानुपातिक निर्वाचनको मतगणना सार्वजनिक गरेको छ । प्रत्यक्ष निर्वाचनमा दोस्रो स्थानमा रहेको नेकपा (एमाले) ले समानुपातिक मतगणनामा पहिलो स्थानलाई निरन्तरता दिएको छ । प्रत्यक्ष निर्वाचनमा तेस्रो रहँदै समानुपातिकमा चौथौँ स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा उक्लिएको छ ।

प्रत्यक्षमा चौथौँ रहँदै समानुपातिकमा तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी चौथौँ स्थानमा पुगेको छ ।

सार्वजनिक गरिएको मतगणनामा १८ लाख ९६ हजार ७३९ मतसहित एमाले पहिलो, १८ लाख २९ हजार ७९१ मतसहित नेपाली कांग्रेस दोस्रो र आठ लाख एक हजार ५२४ मतसहित नेकपा (माओवादी केन्द्र) तेस्रो भएको छ ।

त्यस्तै, सात लाख ९९ हजार ३२० सहित रास्वपा चौथौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी चार लाख १० हजार ६८० सहित पाँचौँ, जनता समाजवादी पार्टी दुई लाख २९ हजार १७ मतसहित छैटौँ र नेकपा (एकीकृत समाजवादी)को एक लाख ७२ हजार ४७७ मतसहित सातौँ स्थानमा रहेको छ ।