• १३ साउन २०८१, आइतबार

लागूऔषधसहित युवक पक्राउ

blog

रवीन्द्र उप्रेती
बर्दिबास, मङ्सिर ९ गते । 
सुरक्षा निकायको ध्यान निर्वाचनमा केन्द्रित भएको मौका छोपी नियन्त्रित लागूऔषध ओसारपसारमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकलको फिल्टर बक्सभित्र लागूऔषध लुकाएर पहाडी भेगतर्फ जाँदै गरेका सिन्धुली तीनपाटन ११ चकमकेका २५ वर्षीय सागर श्रेष्ठलाई विभिन्न नामका ७६० थान लागूऔषधसहित शुक्रबार पक्राउ गरेको हो ।

बर्दिबासस्थित इलाका प्रहरीका डिएसपी रवि रावलकाअनुसार बर्दिबास १ स्थित बीपी राजमार्गमा नियमित चेकजाँचका क्रममा श्रेष्ठ पक्राउ परेका हुन् । ज५ प १८५ नंको मोटरसाइकल चढी दक्षिणबाट उत्तरतर्फ जाँदै गरेका श्रेष्ठलाई तलासी लिँदा उक्त लागूऔषध फेला परेको रावलले जनाउनुभयो ।

बरामद लागूऔषधमा नाईट्राभेट–टेन ४५० थान, आडपाम ३०० थान र नाइट्रोजन १० थान चक्की छन् । श्रेष्ठमाथि सघन अनुसन्धान सुरु गरिएको बर्दिबास प्रहरीले जनाएको छ ।