• १३ साउन २०८१, आइतबार

सप्तरी–२ मा सिके राउतको एक हजार ६३४ मतको अग्रता

blog

सप्तरी २ मा जारी मतगणना । तस्बिरः धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
जनकपुर, मङ्सिर ५ गते ।
सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका उम्मेदवार डा. चन्द्रकान्त राउत (सीके) तेब्बर मतले अग्रता लिनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ को मतगणना जारी छ ।

राउतले दुई हजार ४०२  मत प्राप्त गरी अग्रता लिनुभएको छ भने जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले ७६८ र लोकतान्त्रि समाजवादी पार्टी (लोसपा)का जयप्रकाश  ठाकुरले ५५० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, २(१)मा जनमत पार्टीका सतिशकुमार सिंहले दुई हजार २०५, जसपाका शैलेन्द्रप्रसाद साहले ९८० र लोसपाका सरोजकुमार मण्डलले ९३६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै, २(२) मा जनमत पार्टीका महेशप्रसाद यादव एक हजार ४६७, नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादव ७०४ र जसपाका लक्ष्मण यादव ५१३ मत प्राप्त गर्नुभएको छ ।