• १३ असोज २०८१, आइतबार

झापाको– २ मा मत गणना सुरु

blog

दमक, मङ्सिर ५ गते । झापाको क्षेत्र नं. २ मा मतगणना सुरु भएको छ । प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको हो । जिल्लामा पहिलो पटक यो क्षेत्रमा मतगणना सुरु भएको जनाइएको छ ।

अर्जुनधारामा रहेको निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान सबेरैदेखि मतगणना सुरु गरिएको छ । यहाँ नेकपा एमालेबाट प्रदेश इन्चार्ज देवराज घिमिरे र गठबन्धनको तर्फबाट हरि राणा सहितका उम्मेदवारहरू प्रतिस्पर्धामा रहनु भएको छ ।

अर्जुनधारा ११ को मतपेटिकाबाट गन्न थालिएको हो । अहिले एक ठाउँमा गन्न सुरु गरिए पनि बिहान ९ बजेपछि अन्य ठाउँको पनि मतगणना सुरु गरिने बताइएको छ ।

Author

विष्णुप्रसाद पोखरेल