• १३ असोज २०८१, आइतबार

एमाले महासचिव पोखरेलद्वारा मतदान

blog

तुलसीपुर, मङ्सिर ४ गते । नेकपा एमालेका महसचिव एवंम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शङ्कर पोखरेलले मतदान गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका – १९ जनता विद्यापीठ बिजौरीमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

सोही मतदान केन्द्रबाट राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले मतदान गर्नुभएको थियो । बलियो राष्ट्रिय शक्ति निर्माण हुने महासचिव पोखरेलले बताउनुभयो । उहाँले मतदान पछि उहाँले लोकतन्त्रमा मतदानको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।  दाङ क्षेत्र नं २ बाट एमाले महासचिव पोखरेल र बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओबादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा उम्मेदवार रहनुभएको छ ।

दाङका प्रतिनिधि सभा र्फ ३ र प्रदेश सभातर्फ ६ वटा निर्वाचन क्षेत्र छन् । दाङ क्षेत्र नं.२ मा कुल एक लाख ३३ हजार ७ सय ४८ मतदाता छन् ।  एक सय ४६ मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।  गत २०७४ मा भएको प्रतिनिधी सभातर्फ यस निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रका उपाध्यक्ष एवंम पूर्व सभामुख कृष्णबहादुर महरा र प्रदेश सभा सदस्यतर्फ शङ्कर पोखरेल निर्वाचित हुनुभएको थियो । 

Author

गोकर्ण पौडेल