• ९ मंसिर २०८१, आइतबार

विवेकको मत सुझबुझ ढङ्गले प्रयोग गरौँ–प्रमुख आयुक्त थपलिया

blog

काठमाडौं, मंङ्सिर ४ गते । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले विवेकको मत सुझबुझ ढङ्गले प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार बिहान भक्तपुरको युनिक नेपाल एकेडेमी, लोकन्थली मतदान केन्द्रबाट मतदान गर्नुभएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । देशभरका १०, ८९२ मतदानस्थलका २२,२२७ मतदान केन्द्रबाट मतदान कार्य आरम्भ भइसकेको पनि उहाँले जोड्नुभयो ।

प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिबाट प्रारम्भ गर्‍यौँ । हामीले दिन खोजेको सन्देश के हो भने, मतदान केन्द्रलाई आयोगले यो पल्ट अपाङ्गतामैत्री बनाउने प्रयास गरेको छ, स्थानीय तहको निर्वाचनको अनुभवले पनि यो सिकाएको छ । ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, काखे बच्चा भएकालाई मतदानमा सहजीकरण गरिदिनुहोस् ।”

आफ्ना परिवारका चार जना सबै सदस्य मतदानमा सहभागी भएको भन्नुहुँदै उहाँले हिमाली जिल्लाहरूमा ठ्याक्कै ७ बजे मतदान कार्य प्रारम्भ हुन नसकेपनि केही समयपछि मतदान कार्य सुरु हुने बताउनुभयो । उहाँले देशैभरमा शान्तपूर्ण मतदान कार्य हुने कुरा जोड्नुभयो । 

स्थानीय तहको निर्वाचनको तथ्याङ्कअनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मतदान हुने उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस

मन्थली मतदान केन्द्रमा मतदान ढिला

अर्थमन्त्री शर्माद्वारा मतदान

निर्वाचन आयुक्त तुलाधरद्वारा मतदान

कडा सुरक्षाबीच मतदान हुँदै

यो पनि पढ्नुहोस

मन्त्री चौधरीले गर्नुभयो मतदान

युवा तथा खेलकुद मन्त्री अथकद्वारा मतदान

नेता खतिवडाले गर्नुभयो मतदान

सभामुखबाट मतदान