रामेछाप, मङ्सिर ४ गते । रामेछाप सदरमुकामको मन्थली मतदान केन्द्रमा बिहान ८ बजेसम्म पनि मतदान सुरु हुनसकेको छैन । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने भने पनि जिल्ला सदरमुकामस्थित जिल्ला समन्वय समितिमा रहेको मतदान स्थलमा ८ बजेसम्म पनि मतदान सुरु नभएको हो ।
समयमै मतदान सुरु हुन नसक्दा बिहान ५ बजेदेखि लाममा बसेका वृद्धवृद्धा चिसोले कठ्याङ्ग्राएको लाइनमा बसेका मतदाता धुव्रप्रसाद सुवेदीले बताउनुभयो । भित्र तयारी भएको छैन भन्दै मतदातालाई सुरक्षाकर्मीले मत हाल्न भित्र प्रवेश दिएका छैनन्, उहाँले भन्नुभयो ।
मन्थली मतदान स्थलबाट भोट हाल्ने दुई हजार ५१५ जना मतदाता छन् । मतदाता सहज रूपमा भोट हाल्ने वातावरणका लागि भन्दै तीन वटा मतदान केन्द्रबाट भोट हाल्ने व्यवस्था गरिएको छ ।