• १३ असोज २०८१, आइतबार

युवा तथा खेलकुद मन्त्री अथकद्वारा मतदान

blog

मतदान गर्दै मन्त्री अथक । तस्विर : सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, मङ्सिर ४ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँकेको कोहलपुरमा मतदान गर्नुभएको छ । उहाँले बाँके क्षेत्र नं १ कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गर्नुभएको हो ।

मन्त्री अथकसँगै लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य पार्वती पुन उषा र आइपी खरेलले पनि मतदान गर्नुभएको छ । मन्त्री अथक बाँके क्षेत्र नं १ प्रतिनिधि सभाका उम्मेदवार पनि हुनुहुन्छ ।