• १२ असार २०८१, बुधबार

मंसिर ५ देखि पोखरा विमानस्थलमा यान्त्रिक परीक्षण उडान

blog

फाइल तस्बिर

काठमाडौं, मंसिर ३ गते । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर ५ गतेदेखि यान्त्रिक परीक्षण उडान हुनेभएको छ । सो विमानस्थलमा मंसिर ५ गतेदेखि ११ गतेसम्म परीक्षण उडान हुने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो ।

थाइल्यान्डको एरो थाई विमानले परीक्षण उडान गर्ने उहाँको भनाइ छ । यसका लागि विमान नेपाल आइसकेको छ । परीक्षण उडानका लागि समस्याको रूपमा हेरिएको रिठ्ठेपानी डाँडा कटानको काम पनि सकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यान्त्रिक परीक्षण उडानका लागि प्रारम्भिक चरणको काम सम्पन्न भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षणका लागि एरो थाइको विमान नेपाल आइसकेको छ । 

तत्काललाई रिठ्ठेपानी डाँडा १४ मिटर कटान सकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षणका लागि एरो थाइको विमान नेपाल आइसकेको छ । 

नेपालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मात्र नभएर अन्य विमानस्थलको पनि यान्त्रिक परीक्षण उडान गरिनेछ ।  केही दिन अघिमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गरी विमान भैरहवा गएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पनि यान्त्रिक परीक्षण उडान गर्ने छ । त्यसपछि थाइको विमान मंसिर ४ गते पोखरा पुग्ने बताइएको छ । पोखरामा छ दिन यान्त्रिक परीक्षण उडान गर्ने तालिका तय भएको छ ।

बिहान तीन घण्टा र बेलुका तीन घण्टा गरी दिनमा ६ घण्टा यान्त्रिक परीक्षण उडान गर्ने निरौलाले बताउनुभयो । यान्त्रिक परीक्षणको क्रममा एयर ट्राफिक कन्ट्रोल, टावर धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गर्नेछ । 

त्यसपछि एरो थाईले नेपालगञ्ज, सुर्खेत, पोखरा र धनगढीमा पनि यान्त्रिक परीक्षण उडान गर्ने कार्यतालिका रहेको निरौलाले बताउनुभयो । 

ल्याण्डफिल साइट कभर गरिने 

पोखरा महानगरपालिकाले विमानस्थल नजिकै रहेको ल्याण्डफिल साइटको तत्काल समाधान नगरेपछि त्यसलाई कभर गरेर यान्त्रिक परीक्षण उडान गरिने भएको छ । विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार महानगरले तत्काल ल्याण्डफिल साइटको व्यवस्थापन गर्न नसकेका कारण तत्काल त्यसलाई प्लाष्टिकको कभरले छोपेर यान्त्रिक परीक्षण उडान गरिने छ । 

उहाँले भन्नुभयो, ‘पोखरा महानगले परीक्षण उडानअघि ल्याण्डफिल साइट हटाउने बताएको थियो । अहिले हटाउन नसकेपछि प्लाष्टिकले कभर गरेर उडान गरिने छ ।’ सो अवधिभर त्यस क्षेत्रमा फोहोर फाल्न पनि बन्देज गरिएको मुनकर्मीको भनाइ छ ।  राष्ट्रिय गौरबको आयोजनाको रूपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनाकर्मीले बताउनुभयो । 

पोखरा महानगले परीक्षण उडानअघि ल्याण्डफिल साइट हटाउने बताएको थियो । अहिले हटाउन नसकेपछि प्लाष्टिकले कभर गरेर उडान गरिने छ ।

करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी करिब २२ अर्ब रुपियाँ हुने प्राधिकरणले जनाएको छ । विमानस्थलको हाल दुई हजार पाँच सय मिटरको धावन मार्ग र ४५ मिटर चौडाइ तथा धावन मार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।