• १२ असोज २०८१, शनिबार

मतगणनास्थलमा तारजाली र सीसी क्यामेरा

blog

पाँचथर सदरमुकाम फिदिमस्थित कर्भड हलमा तारजाली लगाएर व्यवस्थित गरिएको मतगणनास्थल। तस्बिर : राधा लुइटेल।

राधा लुइटेल

फिदिम, मंसिर २ गते। मतदान गर्ने मिति नजिकिँदै गर्दा पाँचथरमा मतगणनास्थलको व्यवस्थापन गर्नेकाम सकिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलमा सीसी क्यामेरा जडानसँगै तारजाली लगाउने र गणनास्थल रहेको फिदिमस्थित जिल्ला समन्वय समिति अगाडिको कर्भड हल रहेको क्षेत्रमा सुरक्षा प्रबन्ध मिलाउने काम सम्पन्न गरेको हो।

प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र रहेको पाँचथरका सबै मतपेटिका कर्भड हलमा राखेर सोही हलमा तीनवटा समूहले गणना गर्नेगरी ठाउँको व्यवस्थापन गरिएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिनुभयो। 

गणनास्थलमा तारजाली लगाउनका साथै सुरक्षा पोष्ट, मिडिया डेस्क र आवश्यक संरचना निर्माण गरिएको छ। गणनास्थलमा सीसी क्यामेरा सहितका सुरक्षा प्रबन्ध मिलाइएको छ। यसैबीच  जिल्लास्थित एक सय ३ वटा मतदानस्थलमा रहेका ए सय ७७ वटा केन्द्रमा पुगेका कर्मचारीले शुक्रबार बिहानैदेखि मतदानस्थलको व्यवस्थापन गर्न थालेका छन्। 

अधिकांशस्थलमा घेरबारा गर्ने काम अन्तिम चरणमा पुगेको दाहालको भनाइ छ। जिल्लामा मतदान गराउन एक हजार ४१२ कर्मचारी, म्यादीसहित तीन हजार सुरक्षाकर्मी परिचालन भएका छन्।