• १३ साउन २०८१, आइतबार

अवैध मदिरा प्रहरीद्वारा नष्ट

blog

प्रहरीले बर्दिबासका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको अवैध मदिरा नष्ट गरिदै । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, मंसिर २ गते । प्रशासनको आदेश उल्लङ्घन गर्दै बिक्री वितरण गर्न लागिएका करिब २ सय लिटर अवैध मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दिबास इलाका प्रहरीले नगर क्षेत्रका विभिन्न स्थानबाट १८० लिटर घरेलु मदिरा तथा १० लिटर छ्याङ बरामद गरेको हो । 

प्रहरी नायव उपरीक्षक रबी रावलका अनुसार आसन्न निर्वाचनलाई दृष्टिगत गरी प्रशासनले मदिरा बिक्री वितरण र सेवन तथा उत्पादनमा रोक लगाए छ । प्रशासनिक आदेशलाई पनि अटेर गर्दै बिक्रीका लागि राखिएको मदिरा नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।  

सुराकीको आधारमा प्रहरीले मदिरा नियन्त्रणमा लिएको जनाएको छ । बर्दिबासस्थित इलाका प्रहरीले बरामद गरेका मदिरा स्थानीय जनप्रतिनिधि तथा कर्मचारीको रोहवरमा शुक्रवार नष्ट गरेको जनाएको छ ।