• १९ असोज २०८१, शनिबार

अन्तिम न्यायाधीश जनता : अध्यक्ष दाहाल

blog

काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : सुजन गुरुङ

काठमाडौं, मंसिर १ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा अन्तिम न्यायाधीश जनता रहेको बताउनुभएको छ। 

काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अग्रगमन र प्रतिगमनबीच हुने जनमतसंग्रह जस्तै भएको भन्नुहुँदै यसको फैसला जनताले गर्ने बताउनुभयो। 

अध्यक्ष दाहालले भन्नुभयो, “मङ्सिर ४ गतेको निर्वाचन प्रतिगमनलाई परास्त गर्ने अवसर, आर्थिक विकास र समृद्धिको नयाँ युगमा जाने हो। न्यायाधीश जनता हो, प्रतिगमन र प्रतिक्रान्तिलाई यो देशमा जनताले ७० वर्ष लडेर ल्याएको उपलब्धिलाई बचाउनु छ।” 

उहाँले देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक विकासले गति लिन नसकेका कारण विकास र समृद्धि पहिलो एजेण्डा बनाएर अपिल समेत जारी गरेको बताउनुभयो।

“पहिलो एजेण्डा विकास र समृद्धि हो। तपाईँको समर्थन त्यहाँ हुनेछ। पार्टी गठबन्धनका नेतालाई भोट हाल्दा दुबिधा पनि देखियो भन्ने सुनेको छु। नेपालमा १२ बुँदे समझदारी गरेर लोकतन्त्रको नयाँ युगको सुरुवात गरेको हो। देशमा उत्पीडित जाति, वर्ग, समुदायका निम्ति त्यसबेला माधव नेपाल एमालेका नेताका रूपमा हुनुहुन्थ्यो।”

मङ्सिर ४ को निर्वाचन सामान्य निर्वाचन नभएको, यो प्रतिगमनलाई परास्त गर्ने अवसर भएकाले अब फेरि संविधानका लागि राजनीतिक आन्दोलन गर्न नपर्ने उहाँले दाबी पनि गर्नुभयो।