• १३ असोज २०८१, आइतबार

नेपाल पहिले फिल्डिङमा

blog

टस गर्दै नेपाल र यूएईका कप्तान । तस्बिर : क्यान

काठमाडौं, कात्तिक ३० गते । संयुक्त अरव इमिरेट्स ९यूएई० विरुद्ध दोस्रो एकदिवसीय खेलमा नेपालले पहिले फिल्डिङ गर्दैछ । त्रिवी मैदान कीर्तिपुरमा बुधबार यूर्एइले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको हो । आजको खेलमा नेपाल जित निकाल्दै सिरिजमा फर्कने तयारीका छ । 

उता यूएई लगातार दोस्रो जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा छ । यसअघि सोमबार भएको पहिलो खेलमा यूएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो । त्यसैले नेपाललाई सिरिज जोगाउन आजको खेल जित्नै पर्ने बाध्यता छ ।

नेपालका कप्तान रोहित पौडेलले पहिलो खेलमा कमजोर ब्याटिङका कारण हार खेपेपनि दोस्रो खेलबाट राम्रो प्रदर्शन गर्ने बताउनुभएको छ । नेपालले आज यूएईलाई हराएमा तीन खेलको सिरिज १–१ को बराबरी हुनेछ । दुई टोलीबीच सिरिजको अन्तिम खेल शुक्रबार हुनेछ ।