• १२ मंसिर २०८१, बुधबार

सङ्कटपूर्ण अवस्थामा रहेका शरणार्थीलाई सहयोग अभाव– राष्ट्रसङ्घ

blog

संयुक्त राष्ट्रसङ्घ, कात्तिक १० गते । संयुक्त राष्ट्रसङ्घले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह गरेको छ । पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरूको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाइएको छ ।     

चाडमा पाँच लाख ७५ हजारभन्दा बढी शरणार्थी रहेका र उनीहरूलाई सहयोग नपुगेको संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले जनाएका छन् । उनकाअनुसार यहाँ हरेक दिन शरणार्थीहरू बढ्ने क्रम जारी रहेको छ ।     

संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले चाडमा रहेका शरणार्थीको अवस्था नाजुक रहेको भन्दै सहयोगका लागि सबैसँग अपिल गर्नुभएको हो । उहाँले चाडमा सन् २०२० का तुलनामा यसवर्ष शरणार्थी बढेर दोब्बर पुगेका पनि बताउनुभएको छ ।