• ६ पुस २०८१, शनिबार

सिमकोटमा अन्धकार भएपछि तिहार खल्लो

blog

राजन रावत

हुम्ला, कात्तिक ८ गते । तेइस दिनदेखि सिमकोट र खार्पुनाथ गाउँपालिकामा अन्धकार छाएको छ । तिहारका बेला बत्ती नभएपछि तिहार खल्लो भएको हो । हिल्दुुम साना जलविद्युत् आयोजनाको नहरलाई पहिरोले क्षति गरेपछि विद्युत् आपूर्ति बन्द भएकाले यहाँको तिहार खल्लो भएको स्थानीयको भनाइ छ । 

सिमकोट बजारका लोकेन्द्र रावतले २३ दिनदेखि अन्धकारमा दैनिकी बितिरहेको बताउनुुभयो । त्यसयता दैनिक मैनबत्ती बालेर घर उज्यालो गर्नु परिरहेको बताउँदै उहाँले हिल्दुुम विद्युत् सिमकोटका लागि भरपर्दो बिधुुत नभएको बताउनुुभयो । विद्युत् सेवा नआएकै कारण यसपालिको तिहार खल्लो भएको बताउदै उहाँले अन्धकारमा तिहार मनाउनुुपरेको गुनासो गर्नुभयो । व्यवसायीसमेत रहनुुभएका रावतले यो अवधिमा मैनबत्तीको खपत भने बृद्धि भएको बताउनुुभयो । 

हिल्दुम विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीले गत असोज १७ गते बेलुुकाबाट अवरुद्ध भएको विद्युत् सेवा हालसम्म सुचारु गर्न नसकिएको बताउनुुभयो । पहिरोले नहर, ओभरफ्लोलाई क्षति गरेपछि विद्युत् आपूर्ति बन्द हुँदैआएको छ । मर्मत कार्य भइरहेकाले नसकिँदासम्म विद्युत् सेवा सुचारु नहुने उहाँले बताउनुुभयो । अझै कम्तीमा पन्ध्र दिन मर्मतका लागि समय लाग्ने उहाँले बताउनुभयो ।

दशैं मनाउँदै गर्दा विद्युत् सेवा अवरुद्ध भएको थियो । सबै ठाउँमा झिलिमिली तिहार भइरहँदा यहाँका बासिन्दाहरु अँध्यारोमै तिहार मनाउन बाध्य भएका छन् । बत्ती बाल्न नपाएपछि सेवाग्राहीहरुले तिहार खल्लो महसुस भएको बताएका छन् ।