• २३ वैशाख २०८१, आइतबार

बास्केटबलमा एपीएफकाे स्वर्ण पदक, गण्डकी थ्री अन थ्री बास्केटबलमा च्याम्पियन

blog

गाेरखापत्र समाचारदाता

पोखरा, कात्तिक ३ गते । नवौँ खेलकुद खेलकुदअन्तर्गत पुरुष बास्केटबलमा एपीएफले गण्डकीलाई ८१–७९ ले हराएर स्वर्ण पदक जितेको छ ।

गण्डकीको सो हारको बदला लिँदै थ्री अन थ्री बास्केटबलको फाइनलमा एपीएफलाई २१–१६ ले हराएर च्याम्पियन बन्यो ।

आर्मीले  बागमतीलाई  ७८– ६० स्कोरसहित पराजित गर्दै कांस्य पदक हात पार्‍यो । थ्री अन थ्रीमा आर्मीलाई १९–१५ ले हराएर बागमती कांस्य पदकको हकदार बन्यो