• ११ असोज २०८१, शुक्रबार

एमाले अध्यक्ष ओली अस्वस्थ

blog

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

झापा, कात्तिक १ गते । मंगलबार दिउँसो गृहजिल्ला झापा आइपुग्नुभएका नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ ।

 झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा आउनुभएको हो । उहाँलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी रहनुभएको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले जानकारी दिनुभयो ।

तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उहाँ झापा आउनुभएको हो । अध्यक्ष ओलीलाई ज्वरो आएपछि मंगलबार दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताउनुभयो । रासस