• १२ असार २०८१, बुधबार

दशैंमा घर जानेको चटारो : सोमबारसम्म ८० हजार टिकट बुकिङ

blog

फाइल तस्बिर

विष्णु पाण्डेय

काठमाडौं, असोज १० गते । पछिल्लो १० दिनमा दशैंका लागि ८० हजार सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ भएको छ । नेपाल यातायात व्यावसायिक राष्ट्रिय महासंघका अध्यक्ष विजयकुमार स्वाँरका अनुसार  सोमबार  दिउँसोसम्म अग्रिम टिकट काट्नेको सङ्ख्या ८० हजार पुगेको हो ।   

अग्रिम टिकट काट्नेमा पश्चिम नेपालका लागि टिकट काट्नेको सङ्ख्या बढी रहेको छ । धेरै अग्रिम टिकट बुकिङ गर्नेमा प्युठान, दाङ, बझाङ, कैलाली, डोटी, महेन्द्रनगर, धनगढी लगायतका यात्रु छन् । ‘अहिले पनि अग्रिम टिकट काट्नेक्रम चलिरहेको छ । अझै सङ्ख्या बढ्ने देखिन्छ’ उहाँले भन्नुभयो ।

धेरै अग्रिम टिकट बुकिङ् गर्नेमा प्यूठान, दाङ, बझाङ्, कैलाली, डोटी, महेन्द्रनगर, धनगढी लगायतका यात्रु छन् । ‘अहिले पनि अग्रिम टिकट काट्नेक्रम चलिरहेको छ ।

तर सडकमा परेका खाल्डाखुल्डी मर्मत नहुँदा यात्रुलाई गन्तव्यमा पु र्‍याउन केही कठिनाइ हुने आशंका रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्षाले देशमा अधिकांश सडकमा खाल्डाखुल्डी परेको छ । सडक विभागले मर्मत गरेको छैन । त्यसकारण यात्रुलाई सोचेको समयमा गन्तव्यमा पु र्‍याउन सकिन्न कि लागेको छ ।’ केही राजमार्गहरू निर्माणकै क्रममा रहेकाले यात्रामा केही बढी समय लाग्नसक्ने देखिएको  स्वाँरले बताउनुभयो ।  

यस्तै, असोज १० गते घटस्थापनादेखि देशभरमा रुट परमिट खुला गर्ने निर्णय भएकाले सवारीसाधनको उपलब्धतामा कुनै समस्या नहुने स्वाँरले बताउनुभयो । घटस्थापना पश्चात् पूर्व चल्ने गाडीलाई पश्चिमतर्फ पनि चल्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय भएको उहाँले सुनाउनुभयो ।  

सोहीअनुसार यात्रुको चाप हेरेर के कति सवारी थप्ने भन्ने कुरा टुङ्गो लाग्ने उहाँको भनाइ छ ।  स्वाँरले भन्नुभयो, ‘अहिले टिकट काट्नेक्रम जारी रहेकाले कति यात्रु कुन रुटमा हुन्छन् भन्ने कुरा यकिन गर्न कठिन छ । यात्रुलाई सहज हुनेगरी नै बसहरू थपिन्छन् ।’

स्वाँरले भन्नुभयो, ‘अहिले टिकट काट्नेक्रम जारी रहेकाले कति यात्रु कुन रुटमा हुन्छन् भन्ने कुरा यकिन गर्न कठिन छ ।

दशैंमा उपत्यका छाड्नेका लागि गत असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो । सडक विभागका महानिर्देशक अर्जुनजंग थापा दशैंका लागि उपत्यका छाड्ने यात्रुका लागि सडकहरू पुरिसक्ने बताउनुभयो । सडकमा परेका खाल्डाखुल्डी पुर्न सुरु गरिएको तर वर्षा निरन्तर हुँदा कठिन भएको उहाँको भनाइ छ । 

दशैँमा यात्रुलाई सहजता होस भनेर खाल्डाखुल्डी पुर्ने कार्य सुरु गरिएको उहाँले बताउनुभयो । यात्रुले उपत्यका छाड्नु अगावै सडकमा परेका खाल्डाखुल्डी पुरेर सक्ने योजना भए पनि पानी परेर समस्या भएको उहाँले बताउनुभयो । निर्माणाधीन राजमार्गमा पनि अवरोध नहुनेगरी व्यवस्था मिलाइने उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।