• ११ असोज २०८१, शुक्रबार

तराईमा भन्दा पहाडमा डेंगुको सङ्क्रमण बढी

blog

डेंगुको संक्रमण बढे संगै जिल्ला अस्पताल धनकुटामा परिक्षण गराउनेको भिड । तस्बिरः गोरखापत्र

हिले, असोज ५ गते । पछिल्लो समय प्रदेश नं. एकमा डेङ्गुको सङ्क्रमण बढ्दो छ । स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको सङ्ख्या प्रदेश नं. १ मा दिन प्रतिदिन बढिरहेको छ ।

मङ्गलबारसम्म प्रदेश नं. १ का १४ जिल्लाभरि डेंगुका बिरामीको सङ्ख्या ५ सय ७९ पुगेको छ । अझ अनौठो तथ्य त यो पटक डेंगुको सङ्क्रमण तराका जिल्लामा भन्दा पहाडी र हिमाली जिल्लामा फैलिएको छ । अघिल्ला वर्षहरुमा तरा  उपत्यका जस्ता घना बस्ती भएको स्थानमा बढी देखिने डेंगुको सङ्क्रमण यो वर्ष भने पहाडी र हिमाली जिल्लामा बढी देखिएको हो ।

विगतका वर्षहरुमा डेंगुको सङ्क्रमण खास गरी तराका जिल्लामा बढी मात्रामा फैलिने गरेको पाइन्थ्यो । पहाडी र हिमाली जिल्लाहरु तुलनात्मक रुपमा तराका जिल्लाभन्दा सुरक्षित हुने गरेका थिए । तर यो वर्ष प्रदेश एकमा भने नतिजा फरक देखिएको छ । तराका जिल्लाभन्दा पहाडी र हिमाली जिल्लामा यो बढी फैलिएको छ । त्यही अवस्था देखाउँछ प्रदेश एकको तथ्याङ्कले । 

मङ्गलबारसम्म प्रदेश एकको तराका तिन जिल्लामा १६० व्यक्तिमा मात्र डेंगु देखिँदा पहाडी तथा हिमाली जिल्लामा भने ४०० व्यक्तिमा डेंगुको सङ्क्रमण देखिएकाे छ । प्रदेश एकको तेह्रथुम जिल्लामा सबैभन्दा बढी १२५ व्यक्तिमा यसको सङ्क्रमण देखिएको छ । त्यस्तै सङ्खुवासभामा १०३ जनामा सङ्क्रमण देखिएको छ । खोटाङमा ४३, ओखलढुङ्गामा ३५ भोजपुरमा ३३ तथा धनकुटामा २६ व्यक्तिमा सङ्क्रमण देखिएको छ । तरामा सबैभन्दा बढी मोरङमा ६८ व्यक्तिमा देखिएको छ । सुनसरीमा ५० तथा झापामा ४२ व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

भित्री मधेसको रुपमा रहेको उदयपुरमा १९ जनामा सङ्क्रमण देखिएको छ । अघिल्ला वर्षहरुमा खासै प्रभाव नदेखिएको हिमाली र पहाडी क्षेत्रमा यो पटक डेंगु बढेको स्वास्थ्य निर्देशनालय धनकुटाका दिलीप सिंह बताउनुहुन्छ । “हिमाली र पहाडी क्षेत्रका तल्लो क्षेत्रमा  डेंगु लामखुटे बढेसँगै यसको प्रकोप बढेको हो” सिंह भन्नुहुन्छ । अहिले १८ सय मिटरसम्म लाम्खुट्टे पाइने भएकाले त्यस्तै तल्लो क्षेत्रसँगको आउजाउको कारण पहाडमा बढी फैलिएको शाह थप्नुहुन्छ । 

 यो सङ्क्रमण फैलिंदो रुपमा रहेकाले एडिज जातको लाम्खुट्टेबाट जोगिनु एकमात्र विकल्प रहेको चिकित्सकको सुझाव छ । लाम्खुट्टेबाट जोगियो भने हामी डेंगुबाट जोगिन सक्छौं जिल्ला अस्पताल धनकुटा निमित्त मेडिकल सुपरिटेन्डेन डाक्टर मनीष साह बताउनुहुन्छ । थोरै पानीमा पनि यो हुर्किने भएकाले फोहोर पानी घर वरिपरि राख्नै नहुने उहाँको सुझाव छ ।  

थकित जिउ दुखेको, कमजोर महसुस, अत्यधिक टाउको आँखा दुख्ने, वाक्वाकी लाग्ने तथा १०० डिग्रिभन्दा बढी ज्वरो आउनु आदि यसको लक्षण हो । यी लक्षण देखिएमा पारासिटामोला जस्ता सामान्य औषधि घरमै प्रयोग गर्न सकिने र सामान्य औषधि प्रयोग गर्दा निको नभएमा नजिकको अस्पताल जान चिकित्सक सुझाउँछन् । 

यो एडिज जातको लाम्खुट्टेको टोकाइबाट मात्र सर्ने सङ्क्रमण हो । डेंगु भएको बिरामीला टोकेर अर्को व्यक्तिला टोकेमा यसले सङ्क्रमण सार्ने गर्दछ  । लाम्खुट्टेले टोकेको ४ देखि १४ दिनभित्रमा यसको लक्षण देखिन्छ । पहिलो चरणमा सङ्क्रमितले राम्रो उपचार नपाएमा गम्भीर समस्या आउने र बिरामीको मृत्यु पनि हुने डाक्टर शाहको भनाइ छ । 

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।