• ३० वैशाख २०८१, आइतबार

कवाडी सामान राख्ने छाप्रोमा आगलागी

blog

कवाडी सामान राख्ने छाप्रोमा भएको आगलागी । तस्बिर : कविन अधिकारी

काठमाडौं, असोज ५ गते । ललितपुरको नयाँ बाटोस्थित एभेन्स स्कुलसँगै जोडिएको कवाडी सामान राख्ने छाप्रोमा आगलागी भएको छ ।

स्कुलको कम्पाउण्डसँगै जोडिएको भए पनि स्कुलमा कुनै क्षति भएको छैन ।

कवाडीको छाप्रोभित्र रहेका बच्चाहरूलाई सुरक्षित बाहिर निकालिएको छ भने मानवीय क्षति भएको छैन ।

हाल तीनवटा दमकले आगो निभाउने प्रयास गरिहरको छ ।