• १२ साउन २०८१, शनिबार

प्रतिनिधिसभातर्फ ११ र प्रदेशसभामा ४० दलद्वारा समानुपातिक बन्द सूची पेश

blog

समानुपातिकतर्फको बन्दसूची बुझाउन सोमबार निर्वाचन आयोग पुगेका दलका प्रतिनिधि । तस्बिर : केशब गुरुङ

काठमाडौं, असोज ३ गते। निर्वाचन आयोगले सोमबार साँझ ७ बजेसम्म प्रतिनिधिसभातर्फ ११ दल र प्रदेशसभातर्फ ४० दलले समानुपातिकको बन्दसूची पेश गरेको जनाएको छ। 

आयोगले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल समावेशी पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, मितेरी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिकतर्फको बन्दसूचीपेश गरेको जानकारी दिएको छ।

यसैगरी, प्रदेशसभातर्फ प्रदेश नम्बर १ मा सात राजनीतिक दलले बन्द सूची पेश गरेका छन्। प्रेदश १ मा किरात खम्बुवान पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपालल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र नेपाल कम्युनिष्ट पार्टीले बन्दसूची पेश गरेका छन्।

मधेश प्रदेशमा ६ दलले बन्द सूची पेश गरेको आयोगले जनाएको छ। मधेश प्रदेशमा तराई मधेश लोकतान्त्रिक पार्टी, बहुजन एकता पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल सदभावना पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले बन्दसूची पेश गरेका छन्।

बागमती प्रदेशमा सात दलले बन्दसूची पेश गरेका छन्। बागमतीमा तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, समाजवादी पार्टी, नेपाल, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले बन्द सूची  बुझाएका हुन्।

गण्डकी प्रदेशमा ५ दलले समानुपातिकतर्फ बन्दसूची आयोगमा बुझाएका छन्। गण्डकीमा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुत्तिः पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र जनमत पार्टीले बन्दसूची बुझाएका हुन्।

लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी गरेर ४ दलले बन्दसूची आयोगमा बुझाएका छन्।

कर्णाली प्रदेशमा पनि राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी र नेपालका लागि नेपाली पार्टी गरेर जम्मा ४ दलले बन्दसूची आयोगमा बुझाएका छन्। 

यसैगरी, सुदूरपश्चिम प्रदेशमा उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या सात छ। सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, मौलिक जरोकिलो पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले बन्दसूची आयोगमा पेश गरेका हुन्। 

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २ र ३ गतेसम्म समानुपातिकतर्फको बन्दसूची पेश गर्न समयावधि तोकेको थियो।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।