• १६ भदौ २०८१, आइतबार

तण्डुकार ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’

blog

काठमाडौँ, भदौ ३१ गते । मोडल मिलेनियम तण्डुकार शाहले ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल –२०२२’ उपाधि जित्नुभएको छ। भक्तपुरको राधेराधेस्थित हेरिटेज गार्डेनमा शनिबार आयोजित ग्रान्ड फिनालेमा पाँच फिट ११ इन्च शारीरिक उचाइ हुनुभएका मोडल तण्डुकारले आफ्नो २१ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुम्नुभएको हो।

विजेताले उपलब्धिसँगै यही नोभेम्बर ३ देखि ७ सम्म थाइल्यान्डको बैङ्ककमा आयोजना हुने मिस्टर मोडल अफ द वल्र्ड–२०२२ मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनुहुन्छ। प्रतियोगितामा तण्डुकारले मिस्टर पब्लिक च्वाइसको टाइटल अवार्डसमेत जित्नुभएको छ। प्याजेन्ट नेपाल इन्टरनेसनल तथा ब्राइट इभेन्ट म्यानेजमेन्टले संयुक्त रूपमा आयोजना गरेको पुरुष मोडलको प्रतियोगितामा आभिनेष श्रेष्ठले फस्र्ट रनरअप तथा आकाश महर्जनले सेकेन्ड रनरअपको उपाधि जित्न सफल हुनुभएको छ।