• ८ मंसिर २०८१, शनिबार

प्रेम कथा ‘सीता रामम’

blog

काठमाडौँ, भदौ २९ गते । चलचित्र ‘सीता रामम’मा राम–सीताको सुन्दर प्रेमकथा देखाइएको छ। चलचित्रको कथा एकदमै फरक छ, जुन अवश्य नै धेरै दर्शकले रुचाउनेछन्। साउथ कलाकार दुल्कर सलमान, रश्मिका मन्डन्ना र मृणाल ठाकुर अभिनीतलाई हनु राघवपुडीले निर्देशन गरेका हुन् । चलचित्रले नपत्याउने कथा बोलेको छ। कसैले पनि यस्तो कथा पनि चलचित्र हुन्छ भनेर अनुमान लगाउन सक्दैन। 

चलचित्रको कथा ८० को दशकमा भारत र पाकिस्तानीबीच भएको युद्धको परिस्थिति वरपर घुमेको छ। चलचित्रको सुरुवात रश्मिकाको चरित्र अफरिनबाट हुन्छ, जो लन्डनमा पढेकी पाकिस्तानी केटी हुन्।

अफरिन भारतीय विरोधी हुन्छिन्। उनले रिसको झोकमा अनेकन कुरा गर्छिन्। एक पटक बाटोमा  भारतीय नम्बर कार उनको आँखा अगाडि पर्छ र यो उनी देख्न सक्दिनन्। उनले कारमा आगजानी गरिदिन्छिन्। गाडीका मालिकले अफरिनलाई गाडीमा आगजानी गरेबापत सजायस्वरूप उनीसँग १० लाख रुपियाँ माग गर्छन्। उनलाई कसरी पैसा तिर्ने हो भन्ने तनाव भएको समय उनी अचानक आफ्नो हजुरबुवालाई सम्झिन्छिन् र त्यहाँ पुग्छिन् । उनी त्यहाँ पुग्नु र उनको हजुरबुवा बित्नु पनि एकैजस्तो हुन्छ। उनलाई त्यहाँबाट एउटा पत्र प्राप्त हुन्छ र त्यही पत्र उनले सीतालक्ष्मीलाई दिनुपर्ने हुन्छ। कथामा ट्विस्ट यहीँबाट आउँछ। अफरिनका दिवङ्गत हजुरबुवा अब्दुल तारिकले आफ्नो अंशको कागजमा लेखेका हुन्छन् कि त्यो चिठी सीता राममसम्म पुग्न जरुरी छ। अफरिनले त्यो चिठी सीता राममसम्म कसरी पु¥याउँछिन्। र, फेरि सीता र राममको भेट हुन्छ कि हुँदैन यही कुराभित्र घुमेको छ चलचित्र।  

दुल्कर सलमान राम्रो काम गर्ने अभिनेता हुन्। उनको चरित्रले चलचित्रलाई धेरै उचाइमा पु¥याएको छ। एउटा निडरजस्तो भएर उनले नायिका मृणाललाई भेट्न जाने समय धरै नै रुचिकर छ।  मृणाल ठाकुर र रश्मिका मन्डन्नाले पनि आफ्नो क्यारेक्टरमा शतप्रतिशत दिएका छन् । चलचित्रको छायाङ्कन निकै राम्रो छ। निर्देशक राघवपुडीले चलचित्रमा देखाउने प्रेमकथालाई राम्रो कोण दिएका छन् । सीतारामको प्रेमकथाको एउटा महìवपूर्ण भाग हो । जसरी चलचित्र अगाडि बढ्छ, तपाईं यसको आनन्द लिन थाल्नुहुन्छ। निर्देशक दुल्कर सलमानको यो दोस्रो तेलगु चलचित्र हो। मराठी र हिन्दी सिनेमाकी सक्षम अभिनेत्री मृणाल ठाकुरले फिल्मबाट तेलगु सिनेमामा डेब्यु गरेकी हुन्। दुवैलाई हेर्दा राम र सीताको अभिनय अरू कसले गर्न सक्छ ? एक जवान सिपाहीको लगनशीलता, एक निर्दोष प्रेमीको शालीनता र एक अनाथको परिवारको चाहना सबै यस चलचित्रमा निर्देशकले भिन्न ढङ्गबाट प्रस्तुत गरेका छन्। 

हनु राघवपुडी र अश्विनी दत्तले चलचित्रलाई अखिल भारतीय चलचित्रका रूपमा परिकल्पना गरेका थिए। चलचित्रको गुण र कमजोरीलाई हेर्दा यसको सङ्गीत तेलगुमा सुपरहिट भएको हुनसक्छ।