• १६ भदौ २०८१, आइतबार

धोकाको म्युजिकमा परियारको अभिनय

blog

काठमाडौँ, भदौ २४ गते । गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘धोका’ मा अभिनय गरेका रामकुमार परियार यतिबेला चर्चामा हुनुहुन्छ । 

झण्डै डेढ दर्जन गीतको म्युजिक भिडियोमा अभिनय गरेका परियारलाई धोकाको म्युजिक भिडियोले भने चर्चामा पुर्‍याएको हो । 

ओखलढुङ्गा लिखु ४ स्थायी घर भएका परियार उच्चशिक्षाका लागि काठमाडौँ आउनु भएको हो । अध्ययनसँगै सिलाई पेसामा व्यस्त परियारले सुटिङका कपडाहरू सिलाउँथे । त्यही क्रममा अभिनय गर्न रहर लागेर साङ्गीतिक क्षेत्रमा प्रवेश गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला सुटिङ ड्रेस सिलाउँथे, साथीहरूसँग चिनजान भयो अभिनय गर्ने मौका पाए अहिले राम्रै भएको छ, भिडियोहरू चर्चामै छन्, अभिनयमै व्यस्त छु ।” परियारले चार वर्षअघि ‘रुमाल बोनी शीर्षक’ को गीतबाट अभिनय सुरु गर्नुभएको थियो ।