• १६ भदौ २०८१, आइतबार

'नेपाल ट्यालेन्ट हन्ट'को डिजिटल अडिसन सुरु

blog

काठमाडौं, भदौ २३ गते । नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सो 'नेपाल ट्यालेन्ट हन्ट'ले डिजिटल अडिसन सुरु गरेको छ । आयोजक साइना सहारा ग्रुपले सोमा भाग लिन चाहने कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने जानकारी दिनुभएको हो । 

रियालिटी सो को निर्णायको रुपमा गौरी मल्ल, नीर शाह, सुगम पोख्रेल हुनुहुन्छ । यस्तै, सोका निर्माता टेकप्रसाद बाँस्तोला हुनुहुन्छ भने हरि शर्मा प्रोग्राम हेड छन् । फुर्वा शेर्पा र विष्णुबाबु पन्थ निर्देशनमा हुने कार्यक्रम हरेक शनिकार र आइतबार एपिवान टेलिभिजनबाट प्रसारण हुनेछ ।

सबै प्रतिभाको एउटै मञ्च रहेकाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडीदेखि जस्तोसुकै प्रतिभा पनि प्रस्तुत गर्न सक्ने भएकाले खुला रुपमा आउन सोका प्रोग्राम हेड शर्माले बताउनुभयो । 

विजेता हुने प्रतियोगीले ५० लाखदेखि विभिन्न अवसर प्राप्त गर्नसक्ने आयोजकले जनाएको छ । यो बाहेक सम्बन्धित विधामा विजेताले विशेष अवसर पाउन सक्ने आयोजकले जनाएकाे छ । 

अडिसनमा सहभागी हुन चाहने प्रतियोगीले १ मिनेटेखि ३ मिनेटसम्मको भिडियो audition.nepaltalenthunt@gmail.com मा पठाउनुपर्नेछ । अडिसन भदाै २९ गतेसम्म खुला रहनेछ ।