स्वस्थ रहन हाँस्नुपर्छ, यसले शरीरमा एक प्रकारको राम्रो ऊर्जा दिन्छ । सधैँभरि हँसमुख रहनु भनेको कुनै कुराप्रति आशावादी र सकारात्मक रहनु पनि हो । डाक्टरका अनुसार हाँस्दा हाम्रो अनुहार तथा जिउका अन्य भागका मांसपेशीहरू सक्रिय हुन्छन् जसले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । त्यसैले भाइबहिनीहरू ! यस पटक ‘लाफिङ ग्यास’ अर्थात् हँसाउने ग्यास के हो भन्ने विषयमा केही जानकारी लिउँ है त ।
नाइट्रस अक्साइडलाई लाफिङ ग्यास वा ह्याप्पी पनि भन्ने गरिन्छ । नाइट्रस अक्साइडलाई किन लाफिङ ग्यास भनिन्छ त ? नाइट्रस अक्साइड अर्थात् ‘लाफिङ ग्यास’ यसको मतलब ‘हँसाउने ग्यास), यो ग्यास अलिकति सुँघेमा हामी मरीमरी हाँस्न पुग्छौँ । हो त्यसैले यसलाई लाफिङ ग्यास भनिएको हो । यो ग्यास शरीरमा अत्यधिक दुखाइ वा पीडा भएको अवस्थामा डाक्टरले औषधिका रूपमा बिरामीलाई दिने गर्छन् ।
भाइबहिनीहरू ! यसको प्रयोग केही वैज्ञानिकले यसको महत्व बुझी व्यवहारमा उतार्ने प्रयत्न गरेपछि हाँसोलाई प्राकृतिक औषधिका रूपमा प्रयोग गरिन थालिएको हो । यो एक रङ्गहीन, मीठो गन्ध र मीठो स्वाद भएको यो ग्यास हो, जुन विशेषगरी शल्य चिकित्सा र दन्त चिकित्सामा प्रयोग गरिन्छ । यसले बिरामीमा चिन्ता कम गर्न, दुखाइ कम गर्न र आराम गर्न सहयोग पु-याउँछ । नाइट्रस अक्साइड दन्त चिकित्सा र शल्यक्रियामा १८४४ देखि एनेस्थेटिक र एनाल्जेसिकका रूपमा प्रयोग हुँदै आएको छ ।
यो ग्यास डाक्टरले मात्र नभई आन्दोलनमा भीडलाई साम्य पार्न र नियन्त्रण गर्न र अरू कुनै कामका लागि समेत यसको प्रयोग गरिन्छ । वास्तवमा हामीले आम भाषामा भन्ने लाफिङ ग्यास नाइट्रस अक्साइड हो ।
भाइबहिनीहरू ! नाइट्रस अक्साइड (ल्द्दइ), नाइट्रोजन ९ल्० र अक्सिजन ९इ० को प्रतिक्रियाबाट बनेको हुन्छ । यो रङ्गविहीन, कम क्रियाशील र पानीमा सजिलैसँग घुल्न सक्ने ग्यास हो । हँसाउने ग्यासका नामले चिनिने नाइट्रस अक्साइड धेरै मात्रामा सुँघेमा हामी अचेत अवस्थामा पुग्न सक्छौँ तर केही मात्रामा सुँघेको खण्डमा मस्तिष्कको सूक्ष्म कोषलाई उत्तेजित पार्दछ फलस्वरूप शरीरमा हलुका खालको उत्तेजना पैदा हुन्छ जुन मानिसले हाँसेको जस्तो हुन्छ, भित्र जस्तो भए पनि मान्छे जबरजस्त हाँस्न पुग्दछ ।
सन् १७२२ मा बेलायतका जोशेफ प्रिस्ट्लेले पत्ता लगाएको नाइट्रस अक्साइडले मान्छेलाई कृत्रिम रूपमा हँसाउँछ । त्यसैले यसलाई ‘लाफिङ ग्यास’ पनि भनिन्छ । सुरुमा मानिसलाई अपरेसन वा अन्य अवस्थामा बेहोस पार्न एनेस्थेसियाका रूपमा नाइट्रस अक्साइड प्रयोग हुने गथ्र्यो ।
यसको प्रयोग गर्न नजान्दा वा मात्रा शरीरमा बढी भएमा मानिसको मृत्युसम्म हुनसक्छ । यसको नियन्त्रित प्रयोग गर्दा मानिसको मन हलुका हुने, हँसाउने र दुःख कम हुने गर्छ । अर्को शब्दमा भन्दा, नाइट्रस अक्साइडले मस्तिष्कमा डोपामाइनको उत्सर्जनलाई बढाउँछ, जसको मुख्य काम मानिसलाई खुसी पार्नु हो । यस कारण हामी यो ग्यास सुँघेमा हाँस्न पुग्छौँ ।
लाफिङ ग्यासको आविष्कार पनि संयोगले भएको हो । सन् १७२२ मा बेलायतका जोशेफ प्रिस्ट्लेले पत्ता लगाएको नाइट्रस अक्साइडको प्रयोग सन् १७९९ मा इङ्ग्ल्यान्डका रसायनशास्त्री हम्फ्री डेभीले गरे । रसायनशास्त्री डेभीले यो ग्यास मानिसभित्र सासबाट गयो भने कस्तो असर पर्छ भनी परीक्षण गर्ने सोच बनाए ।
उनले एमोनियम नाइट्रेटको क्रिस्टलबाट यो ग्यास बनाए । यसलाई उनले सिल्कको थैलीमा जम्मा गरे । फेरि त्यसलाई पानीको बाफले शुद्धीकरण गरे । यसरी शुद्ध बनाएको ग्यासलाई उनले सासको माध्यमले शरीरभित्र ताने । यसो गर्दा उनले शरीरमा हल्का चक्करसँगै खुसीको महसुस गरे । पछि उनले यो ग्यासको प्रयोग बिरामीका लागि उपचारमा समेत प्रयोग गरे ।
त्यसपछि नाइट्रस अक्साइड चिकित्सा क्षेत्रमा उपचारका लागि प्रयोग हुन थाल्यो ।
(एजेन्सीको सहयोगमा)