हतियारधारी समूह हिज्बुल्लाहका सदस्यले प्रयोग गरेका तीन हजारभन्दा बढी पेजर गत सेप्टेम्बर १७ मा एकैपटक विस्फोट भए ।
तपाईंले केही समययता उपकरणहरू कसरी स्मार्ट बन्दै गएका छन् भन्ने कुरा याद गर्नुभएको छ ?
जर्ज अर्वेलले सन् १९४९ मै ‘नाइन्टिन एटिफोर’ आख्यानमा भनेका थिए, “बिग ब्रदर इज वाचिङ यु” अर्थात् ठुल्दाइले तिमीलाई निगरानी गरिरहेको छ ।
बालबालिका इन्टरनेटसँगै हुर्कंदै छन् । इन्टरनेटमा रमाउँदा सधैँ रमाइलो मात्रै हुँदैन ।
अन्तरिक्षमा चासो राख्ने भाइबहिनीहरू, कुनै कुरा अन्तरिक्षमा पठाउँदा कस्तो हुन्छ भन्ने सोच्नुभएको छ ? आज हामी एकदमै रमाइलो विषय ‘नानो स्याटेलाइट’ (भूउपग्रह) का बारेमा जानकारी लिन गइरहेका छौँ । तपाईंहरूले केही वर्षअघि ‘नेपाल पनि भूउपग्रहको युगमा प्रवेश गर्यो, नेपालले पनि अन्तरिक्षमा आफ्नै स्याटेलाइट पठायो’ भन्ने समाचार सुन्नु वा पढ्नुभएको होला । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ साल वैशाख ४ गते प्रक्षेपण गरिएको थियो । यो नानो भूउपग्रह
हालसालै विश्वभर एकैपटक सूचना प्रविधि प्रणालीमा समस्या आउँदा बैङ्क, सेयर बजार, रेल सेवा, सपिङ मल, सञ्चार माध्यम, विमान सेवा कम्पनीसहित ठूला संस्थाका सेवा एकाएक प्रभावित भए । यस्तो अवस्थाको कल्पनासमेत गरिएको थिएन तर खतराको घण्टी बज्यो, सङ्कट आयो । कतिपय ठाउँमा विमान सेवा कम्पनीहरूले आफ्ना उडान नै स्थगित गरे भने धेरै ठाउँमा विमान उड्ने समय प्रभावित भयो । साउन ४ गते शुक्रबार अमेरिकी साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले सूचना प्रणालीलाई अद्यावधिक (अपडेट) गर्दा सुरक्षा त्रुटि (बग) उत्पन्न हुँदा सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी महासङ्कट उत्पन्न भयो । यस अपडेटमा देखिएको ‘बग’ का कारण माइक्रोसफ्ट विन्डोज कम्प्युटर प्रयोगकर्ताले हैरानी भोग्नु प¥यो ।
भाइबहिनीहरू, अहिले पनि विद्यालयको कम्प्युटर ल्याब (कोठा) मा जाँदा जुत्ता खोल्नु पर्छ होला, हैन ? कम्प्युटर ल्याबमा जुत्ता लगाएर जाँदैमा के होला भन्ने मनमा लाग्न सक्ला । कम्प्युटर ल्याबमा जुत्ता लगाएर गयौँ भने जुत्तासँगै धुलो र अन्य फोहोर प्रवेश गर्न सक्छन् । कम्प्युटर ल्याबभित्र फोहोर जान नपाओस् भनेर बाहिर जुत्ता खोल्ने गरिएको हो । कम्प्युटर ल्याबमा जुत्ता लगाएर गयो भने भाइरस सर्छ भन्ने कुरा सरासर गलत हो । त्यसैले कम्प्युटर ल्याबमा धुलो नहोस् भनेर
अन्तर्राष्ट्रिय खेलको महामञ्च सन् २०२४ को ग्रीष्मकालीन ओलम्पिक नजिकिँदै गर्दा खेलाडीहरू मात्र नभई प्रत्येक पटक दर्शकलाई प्रविधिका नयाँ आविष्कारले ध्यान आकर्षित गर्ने गरेका छन् । ओलम्पिक खेलमा खेलाडीको कार्यकुशलता प्रदर्शन मात्र नभई नतिजाको शुद्धता र दर्शकको अनुभवलाई समेत प्रविधिले अझ यादगार र रोमाञ्चक बनाउँदै आएको छ । अहिले विश्व पेरिस– २०२४ ओलम्पिकको तयारी गर्दै छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भर्खरै प्रकाशित भएको छ । यतिबेला विद्यार्थीको ध्यान के पढ्ने ? कहाँ पढ्ने ? भन्नेतर्फ केन्द्रित भइरहँदा कक्षा ११ र १२ को पढाइसँगै छोटो अवधिका केही उपयोगी सूचना प्रविधि (आइटी) का सिप सिक्दा करिअरमा थप टेवा पुग्छ । विद्यार्थी भाइबहिनीले अध्ययनसँगै दैनिक एक/दुई घण्टा समय निकालेर सूचना प्रविधि (आइटी) सम्बन्धी छोटो अवधिका कोर्स गर्न सक्छन् । यस्ता सिपमूलक कोर्सहरूमा वेब डेभलपमेन्ट, डिजिटल मार्केटिङ, नेटवर्किङ,
कुनै सामग्री अनलाइनमा पढ्न वा सेवा लिन विद्युतीय हुलाक अर्थात् इमेल ठेगाना अनिवार्य जस्तै भएको छ । के तपाईंलाई सम्झना छ इमेल ठेगाना दिनुपर्ने भएकाले तपाईंले कुनै सेवा नलिएर कुनै वेबसाइट बन्द गरेको ? हो प्रायः मानिस आफ्नो इमेल ठेगाना जहाँ पायो त्यहीँ राख्दा झन्झटमा परिने डरका साथै अनावश्यक सामग्रीले इनबक्स भरिने कुराले हत्तपत्त जुनसुकै वेबसाइटमा इमेल ठेगाना दिन चाहँदैनन् ।
अहिले डिजिटल दुनियाँमा फिङ्गरप्रिन्ट (औँठा छाप) र फेस आइडी (बायोमेट्रिक अथन्टिकेसन)लाई विश्वसनीय र भरपर्दो सुरक्षा उपायका रूपमा लिने गरिन्छ । सुरक्षाका दृष्टिकोणबाट हेर्दा फिङ्गर प्रिन्ट अथन्टिकेसनको विश्वसनीयता ९८ देखि ९९.९१ प्रतिशतसम्म रहेको विभिन्न अध्ययनले देखाएको छ । यति भनिरहँदा फिङ्गर प्रिन्टलाई डिजिटल अथन्टिकेसनको मुख्य र अन्तिम विकल्पका रूपमा लिनु भने हुँदैन । सूचना प्रविधिको क्षेत्रमा पिन कोड, पासवर्ड, प्याटर्न लकलगायतका प्रविधिसमेत प्रचलनमा छन् । पछिल्लो र सुरक्षित मानिएको फिङ्गर प्रिन्ट सेन्सर प्रयोग गरी मोबाइल डिभाइस सुरक्षित गर्ने प्रविधिको प्रयोगबाट प्रयोगकर्ताले सजि
नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय ‘हब’ बनाउन नेपाल सरकार अग्रसर रहेको छ । सूचना प्रविधिसम्बन्धी सेवा निर्यातलाई प्रवर्धन गर्न सूचना प्रविधि उद्योग र ‘स्टार्टअप’ लाई एकै थलोबाट सञ्चालन गर्ने गरी नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय ‘हब’ बनाउने तयारीमा नेपाल सरकार लागेको हो ।
नेपालमा अहिले जति पनि बैङ्क छन् ती भौतिक रूपमा सञ्चालनमा छन् । यस्ता बैङ्कको सेवा लिन सेवाग्राही भौतिक रूपमै बैङ्कमै उपस्थित हुनुपर्छ । नेपालमा पनि डिजिटल बैङ्कको चर्चा चलिरहँदा डिजिटल बैङ्क कस्तो हुन्छ भन्ने सबैलाई चासोको विषय बनेको छ । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने विश्वका धेरैजसो देशमा डिजिटल बैङ्क प्रचलनमा आइसकेका छन् । डिजिटल बैङ्कको ऋण प्रवाह, निक्षेप सङ्कलन तथा अन्य सबै सेवा अनलाइनबाट सञ्चालन हुन्छ । यस्ता बैङ्कले एउटै शाखाबाट देशभर सेवा दिन सक्छन् । डिजिटल बैङ्कको सेवा लिन बैङ्कको केन्द्र वा शाखा कार्यालय धाउनु पर्दैन ।
विश्वको कुनै पनि भागमा बसेर इन्टरनेटमार्फत धेरै किसिमका काम गर्न सकिन्छ । त्यसमा पनि सूचना प्रविधिसँग सम्बन्धित काम त झन् सहज र सरल ढङ्गले गर्न सकिने भएको छ । अनलाइन माध्यमबाट आइटी आउटसोर्सिङ, अनलाइन फ्रिलान्सिङ, अफ्सोर डेभलपमेन्टलगायतका काम हुने गर्छन् । घरबाटै विश्वका विभिन्न स्थानमा रहेका कार्यालय, कम्पनी वा व्यक्तिगत रूपमा समेत हुने यस्तो काम कोभिड सर्वमहामारीका बेला नेपालमा वृद्धि भयो । त्यतिबेला सुरु भएको वर्क फ्रम होम, अनलाइन क्लास, अनलाइन जब, भिडियो कन्फ्रेन्सिङ अहिले पनि प्रचलनमा रहेका छन् ।
हरेक दिन चाहेर होस् वा नचाहे हामीले अनलाइनमा आफ्नो छाप छाडिरहेका हुन्छौँ । यस्ता डिजिटल छाप अर्थात् पदचिह्नले तपाईंको अनलाइन गतिविधिलाई पछ्याउन मद्दत गर्दछ । प्रयोगकर्ताको अनलाइन लोकेसनदेखि उसको रुचि, अरुचि, सपिङ गर्ने बानी, उसले हेर्ने भिडियोको जानकारीलगायतका सबै जानकारी डिजिटल फुटप्रिन्टमा आउँछन् । डिजिटल पदचिह्न (फुटप्रिन्ट) विशेष गरी अनलाइन विज्ञापनदातालाई महìवपूर्ण हुने भएकाले उनीहरूलाई वेबसाइट कम्पनीहरूले आफ्ना प्रयोगकर्ताको डिजिटल पदचिह्न बेच्ने गर्छन् । त्यसैले के कुरा बुझ्नु जरुरी छ भने तपाईंले जुनसुकै गतिविधि अनलाइनमा गर्नुहुन्छ आफ्नो डिजिटल फुटप्रिन्टहरू पछाडि छोड्दै हुनुहुन्छ ।