• १३ साउन २०८१, आइतबार

महानगरले सामाज कल्याण परिषद्लाई पत्र काट्यो

फनपार्कले काठमाडौं महानगरलाई बुझायो १७ लाख ३६ हजार कर

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १६ गते।  काठमाडौं महानगरलाई भृकुटीमण्डपमा रहेको फनपार्कले १७ लाख बढी कर तिरेको छ । महानगरले बुधबार दिएको २४ घण्टे अल्टिमेटमपछि बिहीबार फनपार्कले १७ लाख ३६ हजार कर बुझाएको हो।

महानगरका राजश्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार फनपार्कले बिहीबार दिउँसो १७ लाख ३६ हजार मनोरञ्जन कर महानगरलाई बुझाएको हो। यो कर पाँच वर्षको हो। 

यस्तै फनपार्कले दुई लाख ६१ हजार व्यावसाय कर पनि महानगरलाई तिरेको राजश्व विभाग प्रमुख अधिकारीले बताउनुभयो। बहालकरको विषयमा भने अब समाजकल्याण परिषद्ले पाँच लाख ५५ हजारको १० प्रतिशत कर बुझाउन बाँकी छ। 

उहाँले भन्नुभयो, ‘६० रोपनी जग्गा समाजकल्याण परिषद्ले फनपार्कलाई भाडामा दिएको रहेछ। बहाल कर ५ लाख ५५ हजारको १० प्रतिशत समाज कल्याण परिषद्ले महानगरलाई बुझाउनुपर्ने देखियो।’

कर बुझाउनका लागि समाज कल्याण परिषद्लाई पत्र काटिसकेको उहाँले बताउनुभयो।