• १६ भदौ २०८१, आइतबार

'सुपर डान्सर नेपाल'को अतिथि निर्णायक गोविन्दा

blog

काठमाडौं, भदौ १५ गते । फिजिकल तथा डिजिटल अडिसन र मेगा अडिसन हुँदै हाल ग्रान्ड प्रिमियरको तयारी भइरहेको सुपर डान्सर नेपालको एउटा भागमा भारतीय अभिनेता गोविन्दा पत्नी सुनितासहित सोमा देखिनेछन् । रियलमी प्रिजेंट्स सुपर डान्सर नेपाल यतिबेला टेलिभिजन तथा युट्युवमार्फत प्रसारण भइरहेको छ । बलिउडका सुपरस्टार अभिनेता गोविन्दा आफ्नो फरक शैली अनि नृत्यकलाका कारण परिचित हुनुहुन्छ ।

गोविन्दा दम्पतीलेसमेत आफू यो सोलाई लिएर उत्साहित रहेको र आगामी दिनमासमेत यस्ता उत्कृष्ट नेपाली सोमा आफूहरुको उपस्थिति रहने कुरामा समेत प्रतिबद्ध रहेको बताउनुभयो । नेपाली ज्वाईँको उपमा पाउँदा आफूलाई गर्व हुने साथै ज्वाइँ र चेलीलाई माइतीले सम्झिएर निम्ता दिए आफूहरु बारम्बार नेपाल आउन तयार रहेको बताउनुभएको थियो । 

देशभरबाट छानिएका सयौँ डान्सर भाइबहिनीबाट छानिएका सुपर १२ प्रतिस्पर्धी छानिसकिएको र अबको हप्ताबाट उनीहरु बीच कलात्मक प्रतिस्पर्धा हुनेछ । मङ्सिर दोस्राे हप्ता देशले पहिलो सुपर डान्सर नेपाल प्राप्त गर्नेछ।  

कान्तिपुर टेलिभिजन एचडी अनि ओएसआर रियालिटी युट्युबमार्फत यो सो हरेक हप्ता बिहीबार अनि शुक्रबार प्रसारण भइरहेको छ।