• १३ साउन २०८१, आइतबार

सी–आस्वामा छुट

blog

काठमाडौँ, भदौ १५ गते ।  नेपाल बैङ्कले धितोपत्र आवेदन गर्दा लाग्ने शुल्क हटाएको छ । ग्राहकले धितोपत्र आवेदनमा तिर्नुपर्ने सी–आस्वा शुल्कमा पूरै छुट पाउने सो बैङ्कले जनाएको छ । 

हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिदसम्बन्धी सुविधा उपलब्ध गराएबापत बैङ्क तथा वित्तीय संस्थाले बढीमा पाँच रुपियाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।