• १३ साउन २०८१, आइतबार

अवैध काठसहित एक पक्राउ

blog

बराइलीको करेसावारीबाट वरामद भएका साखुका चिरान काठ लोड गर्दै सशस्त्र वन सुरक्षा शाखा माइस्थानका वन रक्षकहरु । तस्वीर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, भदौ १३ गते । वन कर्मचारीले अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । वर्दिवास ३ गौरीडाँडास्थित भवसी टोलका ३५ वर्षिय जीवन बराईलीलाई साखु (साल) को ९ थान चिरान काठसहित पक्राउ गरेको सवडिभिजन वन कार्यालय माईस्थानले जनाएको छ । वरामद काठ करिव १० क्यूफिट रहेको जनाइएको छ । 

सुराकीले दिएको सूचनाको आधारमा डिभिजन वन कार्यालय महोत्तरीका सहायक वन अधिकृत मणिराम यादवको नेतृत्वमा सोमवार खटेको सशस्त्र वन रक्षकसहितको टोलीले वराईलीको घर नजिकको बारीबाट सो चिरान काठ बरामद गरेको हो । 

काठसहित वराइलीलाई अनुसन्धानका लागि माइस्थानस्थित सशस्त्र वन सुरक्षा शाखाको हिरासतमा राखिएको छ । सवडिभिजन वन कार्यालय माइस्थानका रेन्जर सन्तोष यादवकाअनुसार काठसमेत वरामद भएकाले वराइलीमाथि वन ऐनअनुसार कारवाही अघि बढाइएको छ । 

यसअघि वर्दिवास १० खयरमाराको माधवटारे वस्तिका २३ घरमा छापा मारी १ सय १५ क्यूफिट काठ वरामद गरेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ ।