• ११ असोज २०८१, शुक्रबार

हात्तीको आक्रमणमा दुई जना घाइते

blog

फाइल तस्बिर

विर्तामोड समाचारदाता

विर्तामोड, भदौ ११ गते।  झापामा जंगली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन्।  

झापा हल्दिवारी गाउँपालिक-२ मा शनिवार बिहान साढे ४ बजेको समयमा हिँड्दै गरेका स्थानीय ४९ वर्षीय कारसिंह राजवंशी र उनका छोरा नरेन्द्र राजवंशी हात्तीको आक्रमणमा परेर घाइते हुनुभएको हो।  

बिहानको  समयमा मर्निङ वाकमा निस्केको अवस्थामा हात्तीसँग जम्काभेट हुन पुग्दा बाबुछोरालाई ४ वटाको सङ्ख्यामा रहेको हात्तीको बथानले लखेटेर आक्रमण गरेको थियो।  

घाइतेद्वयको हाल मेची प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।   हात्तीको समूहले एउटा पसलमा पनि क्षतिपुर्याएको  छ।