• १६ भदौ २०८१, आइतबार

सुनील पुनः रिङ्कु भाउजूको भूमिकामा

blog

काठमाडौँ, भदौ १० गते। सुनील ग्रोवरलाई देखेपछि उनका फ्यानको अनुहारमा हाँसो झल्कन्छ। उनले ‘द कपिल शर्मा सो’मा रिङ्कु भाभी र गुलाटीका लागि डा. मसुर गुलाटीको भूमिका निभाएका थिए तर पाँच वर्षअघि उडानमा कपिल शर्मासँग सुनील ग्रोवरको ठूलै झगडा भएको बताइन्छ। त्यसपछि उनले कपिलको सोलाई बाइबाई भनेका थिए। धेरै वर्षपछि जब सुनिल ग्रोवर टीभीमा फर्के, उनले अर्चना पुरन सिंह र शेखर सुमनको सो ‘द ग्रेट इन्डियन लाफ्टर च्याम्पियन’मा ‘डाक्टर मसुर गुलाटी’को भूमिकामा दर्शकलाई हसाउने मौका पाए । ‘डाक्टर मसुर गुलाटी’पछि सुनील ग्रोवर अब ‘रिङ्कु भाभी’को भूमिकामा देखिने भएका छन् ।

कपिल शर्माको सो चलिरहेकै बेला सुनील ग्रोवर पनि शानदार कमब्याकले मानिसलाई हँसाउने भएका छन्। सोनी टीभीले हालै सुनील ग्रोवरको भिडियो सेयर गरेको छ। जसमा उनी ‘द ग्रेट इन्डियन लाफ्टर च्याम्पियन’मा गुलाटी चर्चित भएर रिङ्कु भाउजूका रूपमा फर्किएकी थिइन् र यसै क्रममा उनले आफ्नो चर्चित गीत ‘मेरे पति मुझे प्यार नही करता’मार्फत जनतालाई फेरि एक पटक गुदगुदी हुने गरी हसाउने भएका छन्। एजेन्सी