काठमाडौं, भदौ ९ गते । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धनको कार्यदलले सिट बाँडफाँट सम्बन्धमा बिहीबारसम्म टुङ्गो लगाउने बताउँदै आएको थियो ।
कार्यदलका सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका स्वकीय सचिव शैलेश सिटौलाले बिहीबार बिहान ९ बजेदेखि सुरु भएको बैठक अझै जारी रहेको जानकारी दिनुभएको हो ।
‘‘गठबन्धनको बैठक जारी छ, कतिबेरसम्म चल्ने हो त्यो अहिले भन्न सकिएन,’’ उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
बैठकमा कार्यदलका सदस्यहरु पनि रहनुभएको जनाइएको छ ।