• ८ असार २०८१, शनिबार

कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक छ : अध्यक्ष नेपाल

blog

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल । फाइल तस्बिर

काठमाडौं, भदौ ८ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाका साथै मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय सङ्गठन विभागको आयोजनामा बुधबार केन्द्रीय विभागका प्रमुख र उप-प्रमुखको संयुक्त बैठकमा अध्यक्ष नेपालले जनतासँग जोडिएका समस्या समाधान गर्न सामाजिक न्याय, समानता कायम गर्न कम्युनिष्ट आदर्श वैज्ञानिक रहेको बताउँदै त्यसका नेता जनहितका पक्षमा संवेदनशील हुने गरेको बताउनुभयो। 

जनताको मन र विश्वास जित्ने गरी जनसरोकारका क्षेत्रमा क्रियाशील रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उहाँले वाम शक्तिको एकताबाट सामाजिक रुपान्तरण तथा आर्थिक सशक्तीकरण हुने हुँदा त्यसतर्फ जनतालाई जागरुक बनाउनुपर्नेमा जोड दिनुभयो।

बैठकमा विभागका कामको संक्षिप्त रिपोटिङसहित चुनावी घोषणापत्रका लागि सुझाव सङ्कलन गरिएको थियो।बैठकमा १७ वटा विभागले आ–आफ्ना विभागका काम र आगामी कार्ययोजनाको जानकारी गराएका थिए । रासस