• ९ मंसिर २०८१, आइतबार

चुनाव अगाडि पार्टी एकता हुँदैन : अध्यक्ष नेपाल

blog

संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्नुहुँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ।

काठमाडौं, भदौ ७ गते । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आ–आफ्नो चुनाव चिह्नबाट लड्ने बताउनुभएको छ । 

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सत्ता सहयात्री दल नेकपा (माओवादी केन्द्र) सँग आगामी निर्वाचनमा कसरी सहकार्य गर्न सकिने भन्नेबारे प्रारम्भिक चरणको कुराकानी थालिएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने बारेमा प्रारम्भिक चरणको कुराकानी थालेको छौं। अब एकता चुनाव न्दा अगाडि सम्भव छैन। आ-आफ्नो चुनाव चिह्नको आधारमा चुनाव लडिन्छ।”

उहाँले आगामी चुनाव केन्द्रीत भइ नेपाल कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर जानुपर्छ भन्ने सोच राखेको र यसका लागि विभिन्न दलसँग कुराकानी गरिने उल्लेख गर्नुभयो। हालको पाँच दलीय गठबन्धनलाई आधार मानेर पार्टी एकता संयोजन समिति बनाउने दिशामा पनि सोचिरहेको उहाँको भनाइ छ।