• २३ पुस २०८१, मङ्गलबार

‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन

blog

चौतारा (सिन्धुपाल्चोक), मङ्सिर ९ गते ।  साँगाचोकगढी  नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेतले आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाउनुभएको छ । 

छ रोपनीमा रु. ३० लगानी गरेर खेती सुरु गर्नुभएका उहाँले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गर्नुभएको छ  । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उहाँ बताउनुहुन्छ । 

विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुटका लागि लगानी गरेमा वार्षिक रु. १२ देखि १५ लाखसम्म कमाउन सकिने उहाँको सुझाव छ । जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उहाँले युवालाई स्वदेशमा नै श्रम गर्न सुझाउनुभएको हो । वर्षको दुईपटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो रु. पाँच सयभन्दा बढीमा बिक्री हुने गरेको छ । 

चौतारा साँगाचोकगढी नगरपालिकाले  ड्रागन फ्रुट खेतीलाई प्रोत्साहन गर्न तारबारका लागि रु. चार लाख सहयोग गरेको छ ।  एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य काम  गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीबालीको तुलनामा यसको खेतीबाट  प्रशस्त आम्दानी हुने उहाँ बताउनुहुन्छ । रासस