• १६ भदौ २०८१, आइतबार

फिल्म 'मिलन' कार्तिक १८ मा

blog

काठमाडौं, भदौ ७ गते । फिल्म ‘मिलन’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । टेक पौरखी राईले निर्देशन गर्नुभएको फिल्मको मंगलबार ‘फष्र्ट लुक्स’ सार्वजनिक गर्दै कार्तिक १८ गतेका लागि प्रदर्शन मिति तोकिएको हो । 

फिल्मको सार्वजनिक पोष्टरमा अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापा फिचर छन् । त्रिकोणात्मक प्रेम कथामा आधारित यस फिल्मको कथा पनि निर्देशक राईले नै लेख्नुभएको हो । 

फिल्ममा अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ । फिल्ममा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

फिल्मका निर्माता प्रविन थापा हुनुहुन्छ भने फिल्ममा राहुल राईको छायांकन रहेको छ । फिल्म किम्बे थापाले सम्पादन गर्नुभएको हो ।