• १३ साउन २०८१, आइतबार

अरुपण आर्ट ग्यालरीमा कलाकृति प्रदर्शनी

blog

काठमाडौँ, भदौ ६ गते । छ जना महिला कलाकार आफ्ना ३५ थान कलाकृतिका साथ अरुपण आर्ट ग्यालरीमा शनिबारबाट देखिनुभएको छ। नियो अरुपण आर्टिस्ट ग्रुपका सञ्जु प्रधान, रीता खनाल, कोमल श्रेष्ठ, सुन्दरमाला बैठा, गङ्गा अधिकारी र खुसी मास्केका कलाकृति प्रदर्शनीमा राखिएका छन् । 

प्राज्ञ रमेश खनालसँग विगत २ वर्षदेखि कला सिक्दै आउनुभएका कलाकारहरूले प्रदर्शनीमा हिमाली दृष्यका साथै मुहार चित्रण, स्थिर वस्तु चित्रण, समसामयिक र मिथिला चित्रहरू प्रदर्शनीमा राख्नुभएको छ। यसका साथमा मठ मन्दिर र गणेश कृष्ण आदि देवीदेवताका चित्रहरू समेत प्रदर्शित छन्। 

प्रदर्शनीलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले उद्घाटन गर्दै ‘कलाकारहरूको कला माझिँदै गएकोमा प्रसन्नता व्यक्त गर्नुभयो। विस्तारै कलाकारहरूले आफ्नो शैलीको विकासमा जोड जान सल्लाह दिनुभयो। 

कार्यक्रममा केशवराज खनालले प्रदर्शित कलाकृतिको समीक्षात्मक टिप्पणी गर्दै आगामी दिनमा कलाकारले कुनै एक विषयमा साधनारत रहँदै एकल कला प्रदर्शनीको गर्न सक्ने क्षमता कलाकारमा रहेको औँल्याउनुभयो। 

प्राज्ञ रमेश खनालले २ वर्षको अन्तरालमा विद्यार्थीले राम्रो प्रगति गरेकोमा खुसी व्यक्त गर्नुभयो। प्रदर्शनी भदौ २१ गतेसम्म सञ्चालनमा रहने आयोजकले जनाएको छ।