• १६ भदौ २०८१, आइतबार

पाकिस्तानी गायिका नायरा नूरको निधन

blog

पाकिस्तानी गायिका नायरा नूर ।

काठमाडौं, भदौ ५ गते । पाकिस्तानी चर्चित गायिका नायरा नूरको आइतबार निधन भएको छ । भारतीय सञ्चारमाध्यम डिएनएका अनुसार ‘बुलबुल–ए–पाकिस्तान’नामबाट चिनिने ७१ नूरका भतिजा राणा जैदीले उहाँको निधनबारे जानकारी दिनुभएको हो । 

‘तेरा साया जहां भी हो सजना’, ‘पलक बिछा दूं’, ‘मुझे दिल से ना भुलाना’, ‘चाहे रोके जमाना’, ‘टूट गया सपना’, इतना भी ना चाहो मुझे, ‘तू ही बता’, ‘पगली पवन’, ‘वतन की मिट्टी गवाह रहना’, ‘ऐ जज्बा–ए–दिल’जस्ता गीतहरुमा उहाँले स्वर भर्नुभएको छ।