• १६ भदौ २०८१, आइतबार

तीज गीत 'छुनुमुनु गर्दै' सार्वजनिक

blog

काठमाडौं, भदौ ४ गते । गीतकार शान्तिप्रियको तीज गीत 'छुनुमुनु गर्दै' सार्वजनिक गरिएको छ । राकेश सोनीको संगीत तथा संगीत संयोजन रहेको गीतमा बिन्दु बिसीले स्वर भर्नुभएको छ ।

भिडियोमा अप्सरा पुरी, वर्षा तामाङ र झरना परियारको अभिनय देख्न सकिन्छ । 

हेरुका लामाले निर्देशन गर्नुभएको भिडियोमा छायाङ्कन तथा सम्पादन बज्र ङ्यासुरको छ । भिडियोमा कोरियोग्राफी निर्देशक लामाले नै गर्नुभएको हो ।