गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २६ गते । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र पाकिस्तानका राष्ट्रिय सभाका सदस्य तथा प्रधानमन्त्रीको विशेष सहायक रोमिना खुर्सिद अलामबीच भेटवार्ता भएको छ ।
पाकिस्तानस्थित नेपाली राजदूतावासमा हालै भएको भेटवार्तामा नेपाल पाकिस्तान कूटनीतिक सम्बन्ध, सार्क, दिगो विकास लक्ष्य (एसडीजी) लगायतका विषयमा छलफल भएको हो ।
दुवै पक्षले नेपालसँगको लाहोर र गुज्रान्वालाबीचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको नेपाली राजदूतावासले जानकारी दिएकाे छ।