• २३ असार २०८१, आइतबार

कुपोषणको समस्या समाधान गर्न डब्लुएचओलाई स्वास्थ्य राज्यमन्त्रीको आग्रह

blog

काठमाडौं, साउन २५ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश संभाजीराव पाण्डवबीच स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । 

सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘विश्व स्वास्थ्य सङ्गठनले कोरोना महामारी रोकथाम, खोपलगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसप्रति म विश्व स्वास्थ्य सङ्गठनलाई आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा पनि सहयोग प्राप्त हुनेछ भन्नेमा विश्वस्त छु ।’ 

उहाँले पश्चिम नेपालमा कुपोषण प्रमुख समस्या रहेको भन्दै यस विषयमा पनि पहल गर्न विश्व स्वास्थ्य सङ्गठनलाई आग्रह गर्नुभयो ।  

डा. पाण्डवले नेपालको स्वास्थ्य क्षेत्रमा आफूहरुले सदैव कटिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो,  ‘कोरोना रोकथाम, नेपालका प्रमुख रोगहरुको रोकथाममा हामी स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेका छौँ। नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न के गर्न सकिन्छ ? समन्वय गरेर अघि बढौं ।’

उहाँले विश्व स्वास्थ्य सङ्गठनको कन्ट्री कोअप्रेसनल स्ट्रयाटेजी अनुसार सहयोग गरिने बताउनुभयो । सो क्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपालका डा.विनोद गुप्ताको पनि उपस्थित थियो ।