• १६ भदौ २०८१, आइतबार

'द ग्रे मेन'को सिक्वेल बन्ने

blog

अभिनेता धनुष ।

काठमाडौं, साउन २२ गते । नेटफ्लिक्स हिट 'द ग्रे मेन'को सिक्वेल बन्ने भएको छ । अभिनेता धनुषले यसमा आफू हत्यारा अविक सान उर्फ द लोन वुल्फको भूमिकामा फर्किने घोषणा गर्नुभएको हो ।

धनुषले इन्स्टाग्राममा एक भिडियो क्लिप पोस्ट गर्नुभएको छ जसमा उहाँ हलिउड स्टार रयान गोसलिङका सीआईए कोर्ट जेन्ट्री उर्फ सिएरा सिक्सासँग देखिएको छ । 

अडियो क्लिप सेयर गर्दै धनुषले ‘ग्रे मेन युनिभर्सको सिक्वेल आउँदैछ, लेख्नुभएकाे छ ।

हलिउड फिल्म 'द ग्रे मेन' सन् २००९ मा रिलिज राइटर मार्क ग्रेनीको उपन्यासमा आधारित छ । फिल्ममा धनुषकासँगै गोस्लिङ, इवान्स, एना डे अर्मास, रेगे जीन पेज र जेसिका हेनविक प्रमुख भूमिकामा छन् ।