• १६ भदौ २०८१, आइतबार

अस्ट्रेलियामा नेपाली कलाकारको धमाका

blog

राजन घिमिरे 

सिड्नी (अस्ट्रेलिया), साउन ८ गते ।  केबीसी अस्ट्रेलियाको आयोजनामा यहाँका विभिन्न सात प्रमुख सहरमा आयोजना हुन लागेको धमाका २०७९ अस्ट्रेलिया टुर सुरु भएको छ । टुरमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, कमेडियन सुवोध गौतम र दीपक आचार्य काकु सहभागी छन् । 

शुक्रबार पर्थमा भव्य कार्यक्रम सम्पन्न गरेको कलाकार टोलीले आइतबार २४ जुलाईमा तास्मानियाको लन्चेस्टनमा आफ्नो प्रस्तुति दिनेछ । अस्ट्रेलियामा पशुपति शर्माको क्रेज नेपाली भाषीमाझ अत्यन्तै धेरै देखिन्छ । अर्कोतिर तीजको समेत रमझम सुरु हुन लागेका कारण रचना रिमाल पशुपति शर्माको जोडीको यो प्रस्तुतिलाई धेरैले प्रतीक्षा गरेका छन् । यसमा कमेडीको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन थप्ने अपेक्षा छ ।  अस्ट्रेलिया टुरको संयोजनसमेत गरिरहेका केबीसी अस्ट्रेलियाका निर्देशक चिरञ्जीवी देवकोटाले ब्रिसबेनको नेपाली समुदायको माया पहिलो पटक अस्ट्रेलिया भ्रमणमा रहेकी गायिका रचना रिमालले पाउने आशा व्यक्त गर्नुभयो । 

धमाका २०७९ अस्ट्रेलिया टुर अस्ट्रेलियाको विभिन्न सहरमा हुनेछ । यस्ता कार्यक्रममा पछिल्लो समय नेपालीको उपस्थिति बाक्लै भइरहेका छन् ।